राजनीति

नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ – मन्त्रिपरिषदका नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीले शपथ लिएसंगैकेपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमाका नेतालाई मन्त्री बनाएका हुन् । ओलीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।