राजनीति

प्रदेशसभामा मनाङे अनुपस्थित, कहाँ छन् उनी ?


काठमाडौँ – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । प्रदेशसभाको आजको बैठकमा उनी आएका छैनन् ।

मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन बनेका थिए । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।