राजनीति

यी सात जना बन्दै छन् मन्त्री, पूर्वगृहमन्त्री थापाकी श्रीमती पनि सामेल


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले ७ मन्त्रीसहित एक राज्यमन्त्री नियुक्त गर्न लागेको हुन् ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र वन तथा वातावरणमन्त्रीमा नारदमुनि रानासहित ८ मन्त्री नियुक्त गर्नलागेका छन् । कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीको नाम तय भएको छ ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुत्त गर्न लागेका छ । नैनकला पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।


त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्। उक्त ८ मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ ।