राजनीति

चारैतिरबाट ओलीलाई जाल हानियो, प्रदेशमा घेराबन्दी–केन्द्रमा आक्रमण

?????????????????? ??????????????? ????????????????????? ????????????????????? ??? ????????????????????? ????????????????????? ????????????????????????????????? ?????????????????????????????? ??? ????????????????????? ???????????????????????????????????? ?????????????????????????????? ??????????????????????????? ???????????????????????? ???????????? ???????????? ??????????????? ????????? ???

योहो संवाददाता

काठमाडौँ – केन्द्रमा सत्ता कब्जाको असफल प्रयासपछि विपक्षीहरु प्रदेशमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक बनेका छन् । एमालेकै माधव पक्षको सहयोगमा क्रियाशिल विपक्षी गठबन्धनले प्रदेशमा ओलीविरुद्ध घेराबन्दी शुरु गरेको हो । के त्यो घेराबन्दी केन्द्रसम्म सफल रहला ?

मंगलबार सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ सांसदले मत दिएर सुरक्षित बनाईदिएपछि ओलीविरुद्धको विपक्षी गठबन्धन प्रदेशबाट थप आक्रामक नीति लिएर अघि बढेको छ । माओवादी नेतृत्वको सुदुरपश्चिम सरकारमा बहुमत सांसद रहेका एमालेका २४ मध्ये १७ माधव पक्षका सांसदले भट्टको पक्षमा मत दिएका थिए । केन्द्रमा ओलीलाई ढालेर सत्ता कब्जाको प्रयास गरेको गठबन्धन संसद् विघटनविरुद्धको मुद्धा लिएर सर्वाेच्चको फैसलाको प्रतिक्षामा छ । तर प्रदेशका सरकार ढालेर ओलीविरुद्ध आफ्नो पकड कायम गर्न तल्लीन बनेको पछिल्ला केही घटनाले देखाउन थालेका छन् । यो संगै प्रधानमन्त्री ओली पक्षले नेतृत्व गरेको सबै प्रदेश धरापमा परेका छन् ।

एमालेभित्रको माधव नेपाल पक्ष आफु अनुकुल रहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले फुटाएर जाने कसरतमा छन् । यसकै लागि नेता नेपाललाई संसद् पुनःस्थापनापछि प्रधानमन्त्री बनाउनेदेखि प्रदेशमा बाँडफाँडको हिसावकितावसम्म मिलाइरहेका छन् । जसकै अभ्यास स्वरुप माधव पक्षले सुदुरपश्चिममा भट्टलाई मत दिन ह्वीप जारी गरेको थियो । तर ओलीतिरका ७ सांसदले मत नदिएपछि माधव पक्षले केन्द्रमा ओलीले गरे जस्तै स्पष्टिकरणको सिको गरेको छ । कर्णाली प्रदेशमा समेत माधव पक्षले यसअघि नै फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई सुरक्षीत बनाएको थियो । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढालेर माओवादी नेतृत्वमा सरकार बनाउन विपक्षी लागिपरेका छन् । जसकै बदलामा मुख्यमन्त्री पोखरेलले केन्द्रमा ओलीले गरेको अभ्यास पछ्याएर प्रदेश सभा विघटन गर्न सक्ने आँकलन गरिएको छ ।


गण्डकी प्रदेशमा विहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदै छन् । विश्वास पु¥याउन नसके कांग्रेसको नेतृत्वमा विपक्षीको सरकार गठन वा मुख्यमन्त्री गुरुङद्धारा प्रदेशसभा विघटनको सम्भावना उत्तिकै छ । बागमती प्रदेशमा ढोरमणि पौडेललाई ढालेर माधव पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने विपक्षीको तयारी छ । दुई नम्बर प्रदेशमा जसपाका उपेन्द्र यादव समुहका लालबाबु राउत सुरक्षीत साथ सरकारको नेतृत्व गरिरहँदा एक नम्बर प्रदेश संकटजनक अवस्थामा छ । मुख्यमन्त्री शेरधन राईलाई ढालेर माधव पक्षकै भीम आचार्यलाई अघि सार्ने चर्चाले राई भयभित भएका छन् ।

विधि पद्धतिभन्दा पनि एकअर्कामा रहेको बदलाभावकै कारण एमालेविरुद्ध एमालेकै प्रहारले केन्द्रदेखि प्रदेशसम्म ओलीलाई संकट पर्दै गएको छ । सोमबार देउवा निवासको छलफलपछि त विपक्षी गठबन्धन केन्द्रदेखि प्रदेशसम्म र सडकदेखि न्यायालयसम्म ओलीविरुद्ध कठोररुपमा प्रस्तुत हुने नीति लिएका छन् । विभिन्न प्रदेश सरकार गठजोडमा देखिएको विपक्षी रणनीति हेर्दा ओलीविरुद्ध प्रदेश हुँदै केन्द्रसम्म घेरावन्धी सुरु भएको आँकलन गर्न सकिन्छ ।