राजनीति

आज नागरिकता अध्यादेशविरुद्ध सुनुवाई हुँदै


काठमाडौँ – सर्वोच्च अदालतमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ हुने भएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटमथि आज सुनुवाइ हुने भएको हो ।
गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबार आजलाई राखिएको थियो ।
उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन् । अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेको छ ।