देश

चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गर्छौ : अर्थमन्त्री पौडेल


काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने बताउनुभएको छ । आज आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सिद्धबाबाको डाँडाँ नकाटिने स्पष्ट पार्नुभएको हो । सिद्धबाबाको डाँडाँ काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफुलाई सुझावहरु आएको भएपनि आफुले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उहाँको भनाई छ ।

चुरेको दोहन र उत्खनन् बाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङ मार्गको निर्माण गरिएको पनि उहाँले बताउनुभयो । उहाँले वजेट वक्तव्यको बुँदा नं.१९९ मा कहिँ कतैपनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रुपमा विवाद निकालिएको बताउनुभयो । चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उहाँको भनाई छ ।