राजनीति

प्रतिनिधिसभा विघटन : सर्वोच्चद्वारा कारण देखाऊ आदेश


काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। बुधबार नेपाली कांग्रेसमा शेरबहादुर देउवासहित १४६ सांसदको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको संवैधानिक इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री र राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो।
इजलासले आगामी असार ९ गतेबाट देउवाको मुद्दामा निरन्तर सुनुवाइ गर्ने प्रधानन्यायाधीश राणाले इजलासमा जानकारी दिए । ‘अघिको बहस सुनेको आदेश तयार छ। बाँकी २९ जनाको आदेश तयार हुने प्रक्रियामा रहेकाले अलि कति समय लाग्छ। यसमा नक्कल लिएर गए हुन्छ। शेरबहादुर देउवाको मुद्दालाई ९ गतेलाई राखेका छौँ । यो मुद्दाको परिणामले अरु मुद्दालाई असर पर्ने भएकाले यो सकिएपछि अरुको सुनुवाइ हुनेछ। २९ एकातिर हुने भयो। १ एकातिर हुने भयो,’ प्रधानन्यायाधीश राणाले भने ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएन ।