राजनीति

माधव पक्षका तीन नेतालाई राम्रा मन्त्रालयको चाँबी,ईश्वरको छुट्टै गुट

??????????????????????????????????????? ??????????????? ???????????? ??????????????????????????? ???????????? ????????????????????? ???????????????????????? ?????????????????? ??????????????? ??????????????? ????????????????????? ??????????????? ??????????????? ?????????????????????????????? ????????? ???

योहो संवाददाता

काठमाडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ अघिको अवस्थामा पार्टीलाई पर्काउने लिखित आह्वान गरे । जसलाई पार्टीभित्रको असन्तुष्ट माधव नेपाल पक्षले जालसाजीका रुपमा अथ्र्याएर जवाफ पनि फर्काएको छ । तर दुबै पक्षबीच पैदा भएको अविश्वासले एमाले एकताको सम्भावना टर्दै गएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बेलुका पार्टीका नाममा एक आह्वान जारी गर्दै भने –‘सर्वोच्चमा पेश भएको रिटबाट हस्ताक्षर फिर्ता लिएमा पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काइनेछ ।’ यसअघि पटक पटकका संबाद र कार्यदलमार्फत गरिएका वार्तामा पार्टीभित्र असन्तुष्ट मानिएको माधव नेपाल पक्षले समेत पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन माग गर्दै आएको थियो । सोही बमोजिम लामो समयको अन्योललाई चिर्दै अध्यक्ष ओलीले पार्टीलाई पुर्ववत अवस्थामा फर्काउने निर्णय गरेका हुन् । तर फागुन २३ मा नेकपा खारेज भएपछि यही माग सम्बोधनका लागि ओलीसंग गोरुजुधाई गर्दै आएको माधव पक्षले त्यसलाई दुरासाय र जालसाजीपूर्ण भन्दै अस्विकार गरेको छ । किनकि ओलीले जारी गरेका ६ बुँदामा अल्मल्याउने र झुक्याउने चालबाजी रहेको माधव पक्षको बुझाई छ । संसद् पुनःस्थापना भएर पद गुमाउनुपर्ने अवस्थाको आँकलन गरि ओलीले फकाउन ६ बुँदे प्रस्ताव अघि सारेको नेपाल पक्षको बुझाई छ । प्रस्तावमा एकताको प्रयास कम, जालझेल र भ्रम बढी पैदा गरेको नेपाल पक्षको ठहर छ ।

राजनीतिक र संवैधानिक धरातल कमजोर बनिरहेका बेला अध्यक्ष ओलीले विपक्षी गठबन्धनका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित माधव पक्षका २३ सांसदले सर्वाेच्चको रिट निवेदनमा गरेको हस्ताक्षर फिर्ताको सर्त अघि सारेका छन् । तर त्यसको जवाफमा नेता नेपालले संसद् विघटन फिर्ता भए स्वतः हस्ताक्षर फिर्ता हुने तर्क गरेका छन् । त्यसबाहेक आफ्नो पक्षका नेतालाई रिझाएर ओलीले आफ्नो पल्लाभारी बलियो बनाउन खोजेको समेत माधव पक्षको बुझाई छ । किनकी माधव पक्षका नेता योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट ओलीसँग निरन्तर छलफल र संबादमा छन् । अध्यक्ष ओलीको आह्वानलाई सकारात्मक भनिरहेका यी नेताहरुलाई रिझाउन मन्त्री बनाएर अघि बढ्ने ओलीको तयारी छ ।

सोमबार दिउँसो विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग छलफल गरी माधव नेपालले ओलीले जारी गरेको आह्वानको जवाफ फर्काएका थिए । प्रधानमन्त्री ओलीको एकता आह्वानलाई नेता नेपालले सुध्रिने संकल्प भन्दा सत्ता जोगाउने दाउका रुपमा अथ्र्याएको छन् । जसले एमाले विवाद समाधानतर्फ अघि बढ्ने भन्दा थप उत्कर्ष उन्मुख देखिएको छ । त्यसमा पनि ओली–माधवबीचको शक्ति संघर्ष चर्किएका बेला पार्टीका महासचिव ईश्वर पोखरेलसमेत ओलीसँग टाढिदै गएको बुझिएको छ । ओली–माधवकै बीच पोखरेल फरक समीकरणका साथ अघि बढे एमालेको भविष्य के होला भन्ने अर्काे संशय पैदा भएको छ ।