समाचार

बोराभित्र भेटियो वयस्क व्यक्तिको खुट्टा,शरीरको अन्य भागको खोजी हुँदै (भिडियोमा)

सुरुमा भेला भएका अरुले ’डमी’ हुनसक्ने आकंलन गरेका थिए ।


काठमाडौँ – काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ । स्थानीयले शव भएको आशंका गरे पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो । खुट्टा आगोले जलाएको जस्तो अवस्थामा फेला परेको थियो ।

काठमाडौँ – काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ । स्थानीयले शव हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरे पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो । खुट्टा परालमा जलाएको अवस्थामा फेला परेको थियो । खुट्टा हेर्दा वयस्क व्यक्तिको जस्तो देखिए पनि महिला पुरुष तथा उमेर समूह भने छुट्टिएको छैन । घटनास्थल नजिकै घर भएकी महिलाले मंगलबार बिहान पूजा गर्ने दूबो टिप्न जाँदा सिमेन्टको बोराभित्र खुट्टा देखेपछि छिमेकीलाई खबर गरेकी थिईन । सुरुमा त भेला भएका अरुले ’डमी’ हुनसक्ने आकंलन गरेका थिए । तर शंकास्पद भएपछि शव भएको आशंकामा प्रहरीलाई जानकारी गराएको थियो ।

जानकारी पाए लगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट डीएसपी नवीन कार्की नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । बोराभित्र शव नै भए नभएको पुष्टि गर्न काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए ।
घटनास्थल मानिसहरुको बाक्लै आउजाउ हुने ठाँउमै रहेको छ । नजिकै बर्गर हाउस निर्माणाधिन छ भने बौद्ध जाने बाटो छेउमै भएकोले मानिसहरु ओहोरदोहर बाग्लै हुने गरेको छ । त्यस्तै छेउछाउमा सिसिटीभी समेत रहेका छन् । जहाँका फुटेज प्रहरीले संकलन गरेको छ । त्यस्तै खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई–तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएको प्रहरी जनाएको छ भने घटना अन्तै गराएर त्यहाँ खुट्टा व्यवस्थापन गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनास्थलमा ठूलो मात्रामा प्रहरी पुगेका थिए भने शव भेटिएको खबर सुनेर आफन्त हुन सक्ने आशंकामा तीन जनामा मानिस घटनास्थलसम्म पुगेका थिए । उनीहरूको १२ वर्षीय बालक हराएकाले कतै त्यही त होइन भन्ने आशङ्काले आएको प्रहरीले जनाएको छ । शरीरको अन्य भाग कहाँ छ भन्ने पत्ता नलागेको अवस्थामा मानिस हराएको सूचनाको अध्ययन गरी घटनाको अनुसन्धान प्रक्रिया थालेको प्रहरीले जनाएको छ ।