देश

आठ वर्षीय बालिकालाई जबरजस्ती गरेको आरोपमा एक पक्राउ


काठमाडौँ – चितवनामा आठ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३८ वर्षीय पुरुष दिपमान सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

उदयपुर घर भई चितवन बस्दै आएका सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिएको छ ।