राजनीति

कोरोना कहरबाट देशलाई मुक्त गर्नु आफ्नो मुख्य प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट देशलाई मुक्त गर्नु आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल स्काउटको जनचेतना कार्यक्रममा पत्रकारहरुसँग कुरागदै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता नै कोरोना नियन्त्रण भएको बताउनुभएको हो । कोरोना नियन्त्रणका लागि धेरैभन्दा धेरै नेपालीलाई खोप लगाउने सरकारी लक्ष्य रहेको र त्यसका लागि आफूले पहल गर्ने तामाङको भनाइ छ ।

मन्त्री तामाङले पहिलो मात्रा कोभिशिल्ड खोप लगाएका १३ लाख ज्येष्ठ नागरिकहरूले दोस्रो मात्रा पनि पाउन सुरु गरेको जानकारी दिनुभयो । कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को मुल्य तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले मन्त्रालयले प्रभावकारी अनुगमन गर्ने बतानुभयो ।