कोरोना विशेष

आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाइने


काठमाडौँ – सरकारले आजदेखि चीनबाट खोप प्राप्त भएको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो ।

आजबाट ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै विभागले खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समूहको माथिल्लो उमेरलाई प्राथमिकतामा राखि योजना बनाएर खोप दिन सकिने जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुले ६० देखि ६४ वर्ष उमेर समुहको लक्षित समुहलाई खोप दिन योजना बनाई व्यवस्थापन गर्नुपर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागले यसअघि संचालन भएको अभियानमा भेरोसेल पहिलो मात्रा लिई उपत्यका बाहिर गएको कारण वा अन्य कारणले दोसो मात्रा छुट भएका व्यक्तिहरुलाई खोपकार्डको अनुगमन गरी दोस्रो मात्रा भेरोसेल खोप दिन पाइने छ।