विदेश

चीनको कोइला खानीमा विस्फोट हुँदा आठ जना बेपत्ता


काठमाडौँ – चीनको रहेको हेलोङच्याङ प्रान्तको कोइला खानीमा शनिबार ग्यासको विस्फोट भएको छ । सो विस्फोटमा परी कम्तीमा आठ जना बेपत्ता भएका छन् ।
स्थानीय अधिकारीका अनुसार उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिछ । चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा विस्फोट भएको हो । चीनको उत्तरी पूर्वमा रहेका कोइला खानी लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित थियो ।
उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।