मौसम

पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने


काठमाडौँ – आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भवाना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती स्थानहरुमा चट्याङको पनि सम्भवाना रहेको छ।

तीनदिनको अनुमानित बुलेटिन जारी गर्दै पूर्वानुमान महाशाखाले देशमा स्थानीय, पूर्वीय र पश्चिमा वायुको सामान्य प्रभाव रहेको बताएको छ।
यस्तै रातीमा पनि पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा को सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।