राजनीति

जनमोर्चा सांसद थापालाई पुर्नवहाली गर्न सर्वोच्चको आदेश


काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ ।गण्डकी प्रदेशसभा सदस्य थापालाई पुर्नवहाली गर्न सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो ।