समाचार

राउटे युवतीमाथि भएको दुर्व्यवहारको महासंघद्वारा भर्त्सना


काठमाडौँ – नेपाल आदिवासी जनजाति महासंघ’ले आदिवासी राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संस्थाले जुनसुकै हिंसा मानवअधिकार विरोधी कार्य हो भन्दै यौन हिंसालाई चरम मानव अपराध ठहर गरेको छ ।

‘घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कार्बाही अगाडि बढाउन राज्यका सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ’, अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले स्वीकृति विना सार्वजनिक भएका भिडियो तथा तस्विरहरूलाई सरकारको सम्बन्धित संयन्त्रले सिस्टमबमोजिम हटाउन समेत माग गरेको छ ।