राजनीति

सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्छु : मन्त्री चौधरी


काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफुले जोड दिने बताउनुभयो ।

मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरिति अन्त्यका लागि ५ वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्दै उहाँले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।