राजनीति

खनाल–नेपाल पक्षका जिल्ला कमिटी पदाधिकारीको बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेबाट निष्काशनमा परेका झलनाथ खनाल–माधव नेपाल समूहको जिल्ला कमिटीको पदाधिकारी भेला आईतबार पनि हुँदै छ । छलफलका लागि आज बिहान ११ बजे समय छुट्टएको छ । हिजो शनिबारदेखि सुरु भएको भर्चुअल भेलामा अहिलेसम्म २८ जनाले बोलेका छन्।

बैठकमा सहभागीहरुले जिल्लाको वस्तुगत अवस्थासहित नेतृत्वलाई आगामी रणनीतिका लागि सुझाव दिने कार्यक्रम रहेको छ। प्रत्येक सहभागीलाई पाँच मिनेट समयसीमा दिइएको छ । बैठकपछि पार्टीले के गर्न उपयुक्त हुन्छ भन्ने सुझाव लिखित रूपमा दिनसमेत जिल्ला पलाधिकारीलाई सर्कुलर जारी गरिएको छ।

यसअघि हिजो बोल्ने अधिकांशले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग संवादका लागि एक हप्ताको समयवाधि छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्नुपर्ने बताएका थिए। ओली सुध्रिने सम्भावना देख्दै नदेखेकाले पुनर्गठनको विकल्प नभएको समेत उनीहरुको भनाइ थियो।