देश

८१ पुरिया ब्राउन सुगरसहित महिला होटल सञ्चालक प्रक्राउ


काठमाडौँ – वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित मिलन रेस्टुेरेन्टका महिला सञ्चालकसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको जिल्लाका प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगर (सात ग्राम ४५० मिलिग्राम) सहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया ब्राउन सुगर भेटिएको थियो ।

पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखका २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेको बताइएको छ । त्यसका साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा पाँच लाख आठ हजार २०० रुपैयाँ बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।