राजनीति

उपप्रधानमन्त्री महतोको विरोधमा उत्रेका विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा,पक्राउ पर्नेमा अनेरास्ववियूका अध्यक्ष र महासचिव पनि सामेल


काठमाडौँ – उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित अन्य विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । प्रक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ।

नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट गर्दा आफू घाइते भएको पराजुली बताए । महतोले शुक्रबार पदभार सम्हाल्ने क्रममा नेपाल बहुल राज्य हुनु पर्ने र त्यो नहुन्जेल संघर्ष जारी रहने बताएका थिए । उनको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।