कोरोना विशेष

थप ५०४२ जनामा कोरोना पुष्टि हुँदा ८२४३ संक्रमणमुक्त


काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।

अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ।