राजनीति

जेठ २७ मा विश्वासको मत लिने गण्डकीका मुख्यमन्त्री गुरुङको प्रस्ताव


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्षले जेठ २७ गते विश्वासको मत लिने योजना सुनाएको हो।

सत्तारूढ दलको उक्त निर्णयमा विपक्षी दलका नेताले भने असहमति जनाएका छन् । विश्वासको मत लिनु पुर्व सरकारको तर्फबाट दुई दिन अगाडी संसद्मा जानकारी गराउनुपर्छ। बैठकमा उपस्थित विपक्षी सांसदका अनुसार सत्तापक्षले २५ गते संसद्मा जानकारी गराएर २७ गते विश्वासको मत लिने बताएको छ। विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्ने अडानमा छन् भने कानूनीरुपले मुख्यमन्त्री जेठ २९ गतेभित्र विश्वासको मत लिन स्वतन्त्र छन्।

गुरुङले ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते मुख्यमन्त्रीको सपथ लिएका थिए। नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

त्यस्तै प्रदेशसभामा छलफलका लागि कुनै कार्यसूची नभएकाले आइतबारको बैठक स्थगित हुने भएको छ। बैठक स्थगित भएसँगै फेरि कहिले बस्ने हो केही टुंगो छैन ।

ूअरु कार्यसूची छैन सरकारले विश्वासको मत लिन कहिले प्रस्ताव दर्ता गर्छ,ू बैठकमा उपस्थित एक सांसदले भने,ू त्यसैमा भर परेर बैठक बोलाइन्छ,ू ।

बिहिवार जनमोर्चाका कृष्ण थापालाई सांसद पदबाट पदमुक्त गरेपश्चात् ६० सदस्यीय प्रदेश सभामा ५९ सांसद कायम भएको छ। यसअघि मुख्यमन्त्री गुरुङलाई विश्वास मत लिन ३१ सांसद आवश्यक परेको स्थानमा अब ३० मत पुर्‍याउनु पर्नेछ । प्रदेशमा एमालेका २७ र १ जना स्वतन्त्र सांसद सहित २८ जनाको सर्मथन मुख्यमन्त्री गुरुङलाई छ।