राजनीति

प्रधानमन्त्री ओलीले सक्ने जति गर्छु भन्नु भएको छ : ठाकुर


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले आफ्ना माग सम्बोधनका लागि सक्दो प्रक्रिया अगाडि बढाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिएको पनि उनले बताए ।

नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु भएको छ । जेलमा रहेका साथीहरु पनि छुट्नु हुन्छ ।’उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिनुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।