कोरोना विशेष

स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर्ड जहाज काठमाडौँ अवतरण


काठमाडौँ – कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत शेर्पाको पहलमा ती सामान नेपाल ल्याइएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत छन् ।

मन्त्रालयका अनुसार १४ करोडको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे सामाग्री लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत छन् । कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गए पछि अक्सिजन लगायतका स्वास्थ्य सामाग्री अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ ।

बुधबार मात्र २४६ जनाको मृत्यु भएको थियो । राजदुत शेर्पाले नेपालमा महामारीको अवस्था नियन्त्रण बाहिर भएको भन्दै स्पेन सरकारसँग सहयोगका लागि पहल गरे पछि सहयोग उपलब्ध गराएका दुतावास कार्यालयले जनाएको छ ।