कोरोना विशेष

देउवाद्वारा ओलीको गम्भीर ध्यानाकर्षण, सिंहदरबारमै पुगेर बुझाए १५ बुँदे पत्र


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणमा सरकारको तर्फबाट उल्लेख्य काम नभएको भन्दै बिहीबार ९आज० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सो भेटमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

May be an image of one or more people, people standing and indoor
May be an image of one or more people, people sitting and indoor

कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयास प्रभावकारी नभएको भन्दै आज सभापति देउवाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । कोरोनाको दोस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ। खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न पनि देउवाले माग गरेका छन्। सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउनसमेत उनले माग गरेका छन् । नाकाहरूमा पीसीआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउने जस्ता माग देउवाले राखेका छन् ।

May be an image of one or more people, people sitting, furniture, indoor and office

सरकारलाई ध्यानाकर्षण गराउन सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए।