राजनीति

मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक साढे २ बजेका लागि बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक नियमित भएको रसमसामयिक विषयमा छलफल हुने र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुनेछ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्री बताउँछन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमअघि विश्वासको मत लिनेबारे छलफल गरिरहेका छन् ।
त्यस्तै दुई बजेका लागि एमाले स्थायी कमिटीको बैठक पनि बस्दै छ । एमाले स्थायी कमिटीको बैठक सकिनासाथ मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।