राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार सरकारी निवास बालुवाटारमा बोलाइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले त्यसको बारेमा ब्रिफिङ गर्नेछ । त्यस्तै बाग्मती प्रदेशका लागि भइरहेको राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।