मौसम

चक्रवातको कारण देशभरकै मौसममा वदली, दिनभरी झरीको सम्भावना


काठमाडौँ – आज देशका अधिकांश भागमा मध्यम बदलीको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ ।

भारतको गुजरातबाट उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ–ते को प्रभावका कारण बदली हुने देखिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।

उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यसैले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्वतारोहण नगर्न, नगराउन पनि मौसमविद्को आग्रह छ । पर्सि शनिवारसम्म नै मौसम बद्ली हुने मौसमविद्को भनाइ छ ।