देश

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ : कांग्रेस


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी राष्ट्रिय सभा निर्वाचनको मौन अवधिमा गृहमन्त्री रामहादुर थापा बादलका लागि मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको विषयमा आपत्ति जनाएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने आफुहरुको ठहर भएको बताउनुभयो । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन विहीबार हुँदैछ ।