राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


काठमाडौँ – सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले बुधबार विपक्षी राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्लगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता पूण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भनेको छ, ‘यसमा के कसो भएको हो रु निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ पेश गर्नु भनी आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघे पछि नियमानुसार गरी पेश गर्नू ।’

उक्त अध्यादेश कार्यान्वयन नगराउन भनी अन्तरिम आदेश माग गरिएकोमा भने सर्वोच्चले त्यसका लागि छलफलको मिति तोकेको छ । सर्वोच्चले अन्तरिम आदेश हुने–नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि १७ गते अदालतमा उपस्थित हुन पनि निर्देशन दिएको छ । अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्ष कांग्रेस, सभामुख अग्निप्रसाद सापकोटा, विभिन्न राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् ।