राजनीति

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ पुरानै मन्त्रीले लिए सपथ


काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । बुधबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुख सिता कुमारी पौडेल निवासमा अर्थमन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुनले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा उपस्थित थिएनन् । गत वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । वैशाख २९ गते पुनर्नियुक्त भएका मुख्यमन्त्री गुरुङलाई बीचमा कोरोना संक्रमण देखिएपछि मन्त्रिमण्डल विस्तारमा ढिला भएको हो । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी पुरानै मन्त्रीलाई नै दोहोर्‍याउनुभएको छ ।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै हुनुहुन्छ ।