राजनीति

काँग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ – नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार नयाँ बानेश्वरस्थित संसद् भवन ल्होत्से हल मा २ः३० मा बस्दै छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।

छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ । सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद् अधिवेशन नै बोलाएको छैन ​। बजेट ल्याउनुअघि संसद्मा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ। तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ। बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याएको छ ।