राजनीति

गृहमन्त्री थापालाई माधव नेपालको साथ


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन वाग्मती प्रदेशमा हुँदै छ । गृहमन्त्री थापा एमालेका तर्फबाट उम्मेदवार हुन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा.खिमलाल देवकोटा उम्मेदवार छन् । उक्त भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा एमालेमा गएपछि माओवादी केन्द्रको सिफारिशमा उनी पदमुक्त भएका थिए ।