कोरोना विशेष

देउवाद्वारा सरकारको ध्यानाकर्षण, कोरोनाको तेस्रो लहर आउन सक्ने


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै त्यस प्रति सरकारको ध्यानाकर्षण गरएका छन् । विज्ञको भनाईलाई आधार मान्दै सभापति देउवाले कोरोनाको दोस्रो लहर केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्दै सकारको ध्यानाकर्षण गराएका हुन् ।
देउवाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड, आईसीयूलगायतको तयारी गर्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन् ।