राजनीति

ओलीले सुटुक्क माधवलाई फकाउन बादललाई पठाए, एमाले विवाद मिलाउन यसरी हुदैछ सहमती(भिडियोसहित)


काठमाडौँ – नेकपा एमालेको विवाद हल गर्न बनेको कार्यदलको पहिलो बैठक मंगलबार सिहंदरबारमा बसेको छ । बैठकले पार्टी विवाद समाधानका लागि कार्यविधि र आचारसंहित तय गरेर लागु गर्ने जनाएको छ । यसबाहेक माधव पक्षले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापालाई मत दिने विषयमा पनि छलफल भएको छ । नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिपछि बनेको कार्यदलको पहिलो बैठक मंगलबार सिहंदरबारमा बस्यो ।

विवाद बढेर एकअर्काको अनुहारसमेत हेर्न नसक्ने अवस्थामा रहेका एमाले नेताहरुले पार्टीमा एकता र समझदारी वृद्धि गर्ने निर्णय गरे । माधव पक्ष र ओली पक्ष गरी पाँच–पाँच जना रहेको कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

कार्यदलले कार्यविधि, कार्यसूची र आचारसंहिता तयार गरेर लागू गर्ने निर्णय पनि गरेको छ । नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २०७५ जेठ २ अघिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिंदै आएका बेला ओली बल्लबल्ल सहमति नजिक पुगेका हुन् । तर नेकपा खारेज भएपछि आफूलाई साथ दिएका माओवादी केन्द्रका पुर्व नेताहरुलाई बारेमा कार्यदल बोलेको छैन । प्रधानमन्त्री ओलीले बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापालाई उठाएका छन् ।

तर माधव पक्षले बादललाई भोट दिनेमा संशय कायमै छ । बादल माधव पक्षलाई फकाउन लागि परेका छन् । मंगलबार विहान नेपाल निवास कोटेश्वर पुगेर बादलले नेता नेपालवसंग भोट मागेका थिए । विपक्षी गठबन्धनको समर्थनमा आफ्नै उम्मेद्वार उठाएको माधव पक्षले अहिले भने पार्टी एकता कायम राख्नकै लागि भएपनि बादललाई दिने संकेत देखाएको छ । जसमा ओली पक्ष पनि निर्धक्क छ । यसरी एमाले जोगाउन दोस्रो तहका नेतहरुको सक्रियता सार्थकतातर्फ उन्मुख देखिन्छ ।

माधव पक्षले मत दिए उपनिर्वाचनमा बादलको जीत निश्चित छ । यद्यपी पाटीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने माधव पक्षको अडानले माओवादीबाट एमालेमा पदार्पण गरेका नेताहरुलाई एमालेमा मिलाउन कठिन देखिन्छ । किनकि ओलीले अघि सार्दै आएका उनीहरुलाई माधवले पर सार्दै आएका छन् । एमाले विवाद लम्बिनुमा यी नेताहरुको व्यवस्थापन पनि मुख्य चुनौती बनेको छ । जे होस कार्यदलको रतार हेर्दा एमाले फुटको डीलबाट फर्किएको छ र घर झगडा मिलाउन दोस्रो तहका नेताहरु तल्लीन देखिन्छन् ।