राजनीति

हामीले जसपा संसदीय दलको नेता चयन गरेका छैनौँ : उपेन्द्र यादव


काठमाडौँ – जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले मंगलबारअर्को विज्ञप्ति जारी गर्दै आफ्नो दलका तर्फबाट संसदीय दलको नेता चयन नभएको दाबी गर्नुभएको छ ।

यसअघि पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत आफ्नो दलको संसदीय दलको नेतामा वैशाख ३० गते राजेन्द्र महतोलाई चयन गरेको पत्र संसद सचिवालयमा पठाएको जानकारी गराउनुभएको थियो ।

ठाकुरको विज्ञप्तिको केही घन्टा पनि नबित्दै अध्यक्ष यादवले विधान नै पूर्ण नभइसकेको अवस्थामा कसैले संसदीय दलको नेताको नाम चयन गरी पठाएको हो भने त्यो अवैधानिक हुने भनी अर्को विज्ञप्ति जारी गर्नुभएको हो ।