राजनीति

नेपाल र बादलबीच भेटवार्ता


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न बादल नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।

वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि ६ जेठमा हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार हुनुहुन्छ । चुनावको मुखैमा नेपाल र बादलबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।