राजनीति

एमाले कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्दै


काठमाडौँ – नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको गठित १० सदस्यीय पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्न लागेको ओली पक्षबाट कार्यदलको संयोजक तोकिएका सुवास नेम्वाङले जानकारी दिनुभयो । आज बस्ने कार्यदलको बैठकले एमालेभित्रका विवादको पन्तुरो खोतलेर छलफल सुरु गर्नेछ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले २ जेठ ०७५ को एमालेको सांगठिक संरचनामा पुग्नुपर्ने अडान छ । त्यही अडानको सेरोफेरोमा कार्यदलले छलफल गर्नेछ । सर्वोच्च अदालतले २३ फागुन ०७७ मा एमाले र माओवादीको एकतालाई विघटन गरिदिएपछि अध्यक्ष केपी ओलीले पार्टीको संगठन र आफु अनुकल बनाएको नेपाल पक्षको आरोप छ ।

नेपाल पक्षले २०७२ जेठ २ गते नै फर्कनुपर्ने अडान राख्दै आएको छ । सोही विषय आसपास रहेर विवाद समाधानका लागि बनाइएको कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट कार्यदलको संयोजकमा भीम रावल रहेका छन् ।