राजनीति

खनाल–नेपाल पक्षका सांसद सिंहदरबारमा, राजीनामा दिने तयारी


काठमाडौँ — पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । खनाल–नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला भएका छन् । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको एक नेता बताउनुभयो ।

नेताका अनुसार सांसदहरुले पदबाट राजीनामा दिने तयारी रहेको समेत जानकारी दिनुभयो ।