राजनीति

संवैधानिक परिषद्को बैठकमा भाग नलिन प्रचण्डको आग्रह


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गर लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत प्रचण्डले आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।