राजनीति

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णय


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ ।

आज बसेको बैठकले आफ्नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्ने नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट विश्वासको मत लिने निर्णय गरेसँगै कांग्रेसले छलफल तिब्र हो ।

कांग्रेसले यसअघिनै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । गत मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र अरू दललाई पनि मत नदिन भन्नेलगायत निर्णय गरेको थियो।