राजनीति

महेश बस्नेतलाई कोरोना पुष्टि


काठमाडौँ – नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।