मौसम

आजको मौसम


काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार शनिबार बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा पहिलेको तुलनामा मौसम परिवर्तन भएको छ । अहिले सामान्य बदली भई तथा हल्का घामको किरण देखिएको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि रहने छ । साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी राति पनि देशका प्रदेश १, प्रदेश २ तथा बाँकी प्रदेशहरुका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।