राजनीति

सभापति देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठमा


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुग्नु भएको छ । प्रचण्ड केहीबेर अघि मात्रै देउवास निवास पुग्नु भएको हो ।

यसअघि सभामुख अग्नी सापकोटाको सरकारी निवासमा सापकोटासँग करिव ४० मिनेट छलफल गर्नु भएको थियो । स्रोतका अनुसार एमाले एकता भएमा ओली नेतृत्वको सकार नढल्ने हो कि भन्ने चिन्ता प्रचण्डलाई लागेको बुझिन्छ । साथै काँग्रेसलाई पनि ओलीले चुनावको बहानामा हातमा लिने हो कि भन्ने डर उहाँमा रहेको छ।