राजनीति

वैशाख २६ मा संवैधानिक परिषद्को बैठक बस्ने, देउवा र सभामुख अनुपस्थित हुने


काडमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २६ गते बालुवाटारमा बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाउनु
भएको छ । तर उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख भने नजाने भएका छन्।

विश्वासको मत लिने अघिल्लो दिन बैठक बोलाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने भएका हुन्। बैठकमा सभामुख अनुपस्थित हुने उहाँका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको हो । त्यस्तै कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने उहाँका स्वकीय सचिवालयका भानु देउवाले बताउनु भएको हो ।