राजनीति

प्रधानमन्त्री ओलीलाई भेट्न विष्ट पुगे बालुवाटारमा


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पूर्वमन्त्री गोकर्ण विष्टसँग भेटघाट गर्नुभएको छ । विष्ट प्रधानमन्त्री ओलीलाई भेट्न सरकारी निवास बालुवाटर नै पुुग्नु भएको थियो ।
बालुवाटार स्रोतले जनाए अनुसार दुई नेताबीेच निकै लामो समय कुराकानी भएको छ । यसअघि अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल विना कुनै निष्कर्षमा टुङ्गिएको थियो ।