राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेताहरुलाई बालुवाटार


काठमाडौँ – वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाएका छन् ।

उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको एक नेताले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् । तर नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त रहेका छन् ।

वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयनको समय आज तोकिएको छ ।