समाचार

अमेरिकामा नेपाली विद्यार्थीको शव फेला


काठमाडौँ – अमेरिकामा अध्ययनका लागि गएका एक नेपाली विद्यार्थीको शव फेला परेको छ । अमेरिकास्थित न्यू जर्सीमा बसोबास गर्ने सिराहाका २२ वर्षिय अजय साहको शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाएको छ । गत सोमबार उनको शव मोरिस काउन्टी अभियोग कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो ।
अमेरिकामा नै बसोबास गर्ने उनको दाई शिव साहका अनुसार अजय गत जनवरी १८ देखि हराइरहेका थिए । टेक्सासमा बसोबास गर्दै आइरहेका उनका दाई भाई हराएको खबारले न्युजर्सी पुगेका थिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए ।

सडक र अन्य स्थानमा राखिएको सीसी क्यामरामा कैद भएको दृश्यबाट साहले गत मार्चमा ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको देखिएको छ। अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा भएको छ ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता भएको विषयलाई रहस्यमयी हिसाबले हेरिएको थियो ।

मृतक शाहलाई अन्तिम पटक जनवरी १९,२०२१ का दिन न्युजर्सीको नेवार्क–पेन स्टेसनमा राती ११ः३७ मा देखिएको थियो । उनको मृत्युबारे स्थानीय प्याच डटकमले प्रकाशित गरेको हो ।