राजनीति

एमाले नेतासहित प्रधानमन्त्री ओली देउवा निवासमा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका नेताहरु लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेुका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ड पुग्नु भएको छ । अध्यक्ष ओली आफूसहित एमाले अन्य नेताहरुलाई लिएर देउवा निवास पुग्नु भएको हो ।
प्रधानमन्त्री ओली देउवा निवास पुग्नुभएको ओलीका संचार विज्ञ रामशरण बजगाइँ जानकारी दिनुभएको हो । छलफलमा एमाललेको तर्फबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङलगायतका सहभागी हुनुहुन्छ भने कांग्रेसको तर्फबाट देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महतलगायत छलफलमा सहभागी हुनुहुन्छ ।

पछिल्लो राजनीतिक घटनाक्रममा ओली देउवा निवास पुग्नुले ठूलो महत्व राख्ने राजनीतिक जानकारहरु बताउँछन् । मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । यस विषयमा थप जानकारी आउन बाँकी रहेको स्रोतले जनाएको छ ।