राजनीति

ओलीलाई संकेत गर्दै डुब्नबाट बच्न किनारा खोज : रामकुमारी झाँक्री


काठमाडौँ –नेकपा एमालेकी विपक्षी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै डुब्नुबाट बच्नका लागि किनारा खोज्न भन्नुभएको छ ।
बुधबार आफ्नो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले आफूहरु डुब्न लागेको र आफूहरुसँगै ओलीलाई पनि डुबाउने भन्दै आक्रोश पोख्न भएको हो । ‘यदी तिम्रो सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’झाँक्रीले फेसबुकमा लेख्नु भएको छ ।साथै हिन्दी कहावतको सन्दर्भ जोड्दै ‘हामी त डुब्छौँ नै, हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ ।’ भनेर उल्लेख गरेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते सदनबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको छ । यस्तो अवस्थामा विपक्षी एमालेले सामूहिक राजीनामा दिने मनस्थिति बनाइरहँदा नेतृ झाँक्रीले यस्तो उल्लेख गर्नुभएको हो ।